Prakash Adhikari June 19, 2018

 

काठमाडौँ, ५ असार । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

डा। देवकोटाको पार्थिव सरिरमा पत्नी डा। मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ति दिएपछि अन्त्यष्टि गरिएको हो । देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो ।

सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।

लामो समय चिकित्सा क्षेत्रमा बिताएका डा।देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए ।

लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । डा। देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् ।

डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।

Share Now

Leave a comment.