Prakash Adhikari June 19, 2018

ललितपुर, ५ असार। वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत, ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

यसअघि उनलाई सोही प्रकृतिको मुद्दामा जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, ललितपुरमा पनि उनीविरुद्ध अनुसन्धान भइरहेकाले प्रहरीले फेरि पक्राउ गरेको थियो ।

मंगलबार जिल्ला अदालत, ललितपुरका न्यायाधीश धनसिंह महराको इजालासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन भन्ने संस्था सिर्जना गरेर २०७० कात्तिकदेखि प्रति व्यक्ति ३२ सय रुपैयाँ असुल्दै आएका थिए ।

७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा र्पुयाउँदा प्रतिव्यक्ति थप २८ सय रुपैयाँ लिने अर्को धन्दा चलाएकोले सरकारले उनलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाएको छ ।

Share Now

Leave a comment.