Prakash Adhikari June 20, 2018

 

मस्को(रुस),६ असार (एजेन्सी) । फुटबलको २१ औं संस्करणमाआयोजक राष्ट्र रुस नकआउट चरणको संघारमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा इजिप्टलाई ३-१ गोलले पराजित गरेपछि अन्तिम १६ मा प्रवेश गर्ने संघारमा पुगेको हो।

रसियाले विश्वकपको उद्घाटन खेलमा एशियाली राष्ट्र साउदी अरेवियालाई ५-० ले हराएको थियो। दुई खेलमा दुई जीतसँगै समूहमा ६ अंक जोड्दै आयोजक रसिया दोस्रो चरण प्रवेशको निकट पुगेको हो। रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ।

गोल रहित पहिलो हाफ भएको खेलमा रसियाले दोश्रो हाफमा इजिप्टले गरेको आत्मघाती गोलबाट अग्रता कायम गरेको थियो। खेलको ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा उनले आफ्नै पोष्टमा बल छिराउन पुगेका थिए।

आत्मघाती गोलबाट अग्रता कायम भएपछि हौसिएको रसियाले खेलको ५९ औं गोल थप्दे आफ्नो अग्रतालाई दोब्बर पार्‍यो। सो गोल डेनिस चेरसिभले गोल गरेका थिए । त्यसपछि रसियाले दोस्रो गोल गरेको तीन मिनेटमा अर्को गोल थप्यो र टीमको अग्रतालाई ३-० मा पुर्‍यायो। तेस्रो गोल आर्टिम डेइवाले गरे।

रसिया ३-० ले अगाडी रहिरहेको अवस्थामा खेलको ७३ औं मिनेटमा इजिप्टले पेनाल्टी गर्ने मौका पायो। रसियाका खेलाडीले महोम्मद सालेहलाई डिवक्समा लडाएपछि प्राप्त पेनाल्टीको अवसरलाई उनले गोलमा परिणत गर्दै इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे तर रसियाको पोस्टमा निरन्तर आक्रमणका बाबजुत पनि इजिप्टले आफ्नो हार बदल्न सकेन।

इजिप्टले समूह चरणको पहिले खेल यसअघि उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ। बुधबार उरूग्वेले साउदी अरबलाई जितेमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट घर फर्किनेछ।

Share Now

Leave a comment.