Prakash Adhikari June 20, 2018

काठमाडौं, ६ असार । विेश्व योगा दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिड. समाज नेपालले विभिन्न धार्मिक, सांस्कृति र प्राकृतिक सम्पदाका बीचमा काठमाडौं उपत्यकाभर योगा शिविर सञ्चालन गरिरहेको छ ।

काठमाडौं आर्ट अफ लिभिड. समाजकी शाष्टिय शिक्षक संयोजक पूनम उप्रेतीका अनुसार बुधबार पशुपतिनाथ सन्ध्या आरती स्थलमा भएको योग शिविरमा भारतीय राजदूत मन्दीप पुरी सहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

भारतका प्रख्यात आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिड.को सुरुआत भएको हो । यसले मानिसलाई भौतिक कोलाहलका बीचमा आध्यात्मिक शान्ति प्राप्त गरी शान्तिपूर्वक जीवन यापन गर्ने कला सिकाउछ ।

विश्व योगा दिवस २१ जुनको अवसर पारेर काठमाडौं आर्ट अफ लिभिड.ले शंखमूलबाट जुन १६ देखि आरम्भ गरेको योगा शिविर जुन १७ मा भक्तपुरको टौमडी, जुन १८ मा बौद्धनाथ, जुन १९ मा पाटन कृष्ण मन्दिर र गोकर्णमा सम्पन्न भैसकेको छ ।

विश्व योगा दिवस २१ जुनका दिन आर्ट अफ लिभिड. काठमाडौले प्रहरी प्रशिक्षण प्र्रतिष्ठान महाराजगञ्ज, बसन्तपुर र शंखमूल पार्कमा यस्तो योगा शिविर सञ्चालन गर्ने भएको छ ।

 

 

Share Now

Leave a comment.