Prakash Adhikari October 29, 2024

काठमाडौँ, १३ कात्तिक । आईसीसी विश्वकप लिग २ को छनोट चरण अन्तरगत नेपाल र स्कटल्याण्डबीच अमेरिकामा चलिरहेको खेलमा नेपालले कसिलो बलिड. गरेको छ । ५० ओभरको खेलमा नेपाली बलरहरुले स्कटल्याण्डलाई १ सय ५४ रनमै समेटे ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । स्कटल्यान्डका मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए । त्यस्तै माइकल जोन्स र रिची बेरिड.टनले १९।१९ रन, ब्राण्टन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५,माइकल लिस्क र एण्ड्रयू उमिदले १४। १४, ब्राड ह्वेलले ९ र ब्राड करीले १ रन बनाए । चार्लि टियर र ज्याक जार्भिस शून्य रनमा आउट भए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३, करन के.सी,सोमपाल कामी र गुल्शन झाले २ ।२ तथा आरिफ शेखले १ विकेट लिए ।

Share Now