Prakash Adhikari October 30, 2024

काठमाडौँ, १४ कात्तिक। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ छनोट शृङ्खला अन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा १ सय २१ बल बाँकी रहदै ५ विकेटको क्षतिमा १ सय ५७ रना जोड्दै पूरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५ । २५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । खेलमा अनिल साहले १३ र कुशल मल्लले ७ र रोहित पौडेलले १ रनको योगदान गरे ।

नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १ । १ विकेट लिए ।

यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनमा समेटिएको थियो ।
स्कटल्यान्डका मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए । त्यस्तै माइकल जोन्स र रिची बेरिड।टनले १९।१९ रन, ब्राण्टन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५,माइकल लिस्क र एण्ड्रयू उमिदले १४। १४, ब्राड ह्वेलले ९ र ब्राड करीले १ रन बनाए । चार्लि टियर र ज्याक जार्भिस शून्य रनमा आउट भए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३, करन के।सी,सोमपाल कामी र गुल्शन झाले २ ।२ तथा आरिफ शेखले १ विकेट लिए ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

लिग २ अन्तरगत अहिलेसम्म क्यानडाले १२ खेलबाट १६ अंक जोडेर शीर्षस्थान ओगटेको छ । संयुक्त राज्य अमेरिकाले १० खेलबाट १४ अंक जोड्दै दोस्रो स्थान लिएको छ । नेदरल्याण्डले ८ खेलबाट १२ अंक जोडेको छ भने स्कटल्याण्डले ९ खेलबाट ११ अंक जोडेको छ । लिगका १२ खेल खेलेको नामिबियाले १०अंक जोडेको छ । ओमानले ८ खेलबाट ६ अंक जोडेको छ । नेपालले १० खेलबाट ५ अंक जोडेको छ भने युएईले ७ खेलबाट २ अंक जोडेको छ ।

नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

 

Share Now