Prakash Adhikari June 21, 2018

 

हेटौडा(मकवानपुर), ७ असार । गत असार ५ गतेदेखि आरम्भ भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला भोलिसम्म तन्किने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा बिहिबार साँझ जारी विज्ञप्तिमा आज ३४ जना जिल्ला सभापतिले आआफ्नो धारणा राखेको उल्लेख गरिएको छ ।
आजको बन्द शत्रमा यसरी धारणा व्यक्त गर्नु हुने जिल्ला सभापतिहरुमा— ओखलढुंगाका प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौँका कृष्ण (सवुज) बानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर थिए ।

त्यस्तै कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरी, सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी।सी।, रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङ का हर्कजंग बहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी) का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानियाँले पनि आजै आफ्नो धारणा राखेका थिए ।

नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा मुख्य तीन विषय— संगठन, विधान र समसामयिक मुद्दामा केन्द्रित हुन सभापतिहरुलाई मार्गनिर्देशन दिएको छ ।

नेपाली कांग्रेसले दिएको जानकारी अनुसार भोलि बाँकी ५ जिल्लाका सभापतिहरुले बोल्ने छन् । सभापतिहरुले उठाएका विषयमा पार्टीको केन्द्रीय समितिका तर्फबाट सभापति र पदाधिकारीहरुले जवाफ दिनेछन् ।

भोलि नै सभापतिहरुले उठाएका विषयलाई सम्बोधन गरि केन्द्रीय कार्यसमितिको आधिकारिक धारणा सहितको हेटौडा घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

 

Share Now

Leave a comment.