
काठमाडौं,७ असार । विश्वकपको ‘सी’ समूहकाअस्ट्रेलिया र डेनमार्कबीच भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।
डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको खेलको सातौँ मिनेटमा नै पहिलो गोल गरेका थिए ।
खेलको ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले गोल फर्काएर खेललाई बराबरीमा ल्याए ।
फ्रान्ससँग पहिलो खेल २-१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ ।
डेनमार्कले पहिलो खेलमा पेरुलाई १-० ले हराएको थियो ।