Prakash Adhikari June 22, 2018

मस्को(रुस), ८ असार । अर्जेन्टिनाका लागि २१ औं संस्करणको फिफा विश्वकपको समूह चरणबाट नकआउट प्रवेश थप कठिन बनेको छ। समूह चरणको दोस्रो खेलमा क्रोएसियासंग ३-० को फराकिलो अन्तरले पराजित भएपछि उसको विश्वकपको आगामी यात्रा कठिन भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए।

उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए।

अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को झट्का बेहोर्न बाध्य भयो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

२-० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाले फेरि गोल गरेर आफ्नो जीतलाई ३-० ले फराकिलो बनाइदियो। उक्त गोल इभान राकिटिचले गरेका थिए।

अन्तत: अर्जेन्टिना क्रोएशियालाई ३-० को जित सुम्पिन बाध्य भयो।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाड.न बाध्य भएको थियो।

क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रो चरण प्रवेश क्षिण बनेको छ। अब उसले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्न बाँकी छ।

Share Now

Leave a comment.