Prakash Adhikari June 22, 2018

कठमाडौं,८ असार । धादिङ जिल्ला गोगनपानी गाविस.वडा नं.६ ङ कि.नं.४९ क्षे.फ.२१५-१४-३-० महेश खोला जनिएको सरकारी, सार्वजनिक जग्गा लगायतका सरकारी, सार्वजनिक जग्गाहरू विभिन्‍न कित्ता कायम गरी विभिन्‍न मितिमा विभिन्‍न व्यक्तिहरूको नाममा गैरकानूनी रुपमा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७१ जना विरुद्ध मुुद्दा चलाएको छ ।

अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा दर्तागर्ने कार्यमा संलग्न मालपोत कार्यालय, धादिङ्ग र नापी कार्यालय धादिङका कर्मचारीहरुलाई धादिङ जिल्लास्थित साबिकका विभिन्न गाविस क्षेत्रभित्रका सरकारी, सार्वcनिक जग्गाहरु गैरकानूनी तरिकाले व्यक्ति विशेषको नाममा दर्ता गर्ने, कार्यालयमा रहेको नक्सा श्रेस्ता केरमेट गर्ने, अवैधानिक रुपमा हेरफेर गर्ने, सच्याउने, गैरकानूनी नक्सा श्रेस्ता तयार गर्ने गराउने जस्ता कार्यहरु गरेको र सरकारी वन, जंगलको जग्गा संरक्षण गर्ने, अभिलेख राख्ने कानूनी दायित्व र जिम्मेवारी समेत भएका वन कार्यालयका कर्मचारीहरु र सामुदायिक वनका पदाधिकारीले सरकारी वन क्षेत्रभित्रको जग्गा व्यक्ति विशेषको नाममा कायम गर्न सिफारिस गर्ने समेतका दुराशय तथा बदनियतपूर्ण कार्यहरु गरी नेपाल सरकारलाई ठूलो मात्रामा प्रत्यक्ष हानी, नोक्सानी र आफूहरु समेतलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,2059 बमोजिम भ्रष्टाचारजन्य कसुरहरु गरेको आरोप लगाएको छ ।

अख्तियारले आफ्नो पदको दुरुपयोग गरी सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई प्रत्यक्ष फाइदा पुर्‍याउने देहायबमोजिमका ७१  जना प्रतिवादिहरुलाई कसुरको मात्रा अनुसार सोही तालिकामा उल्लेख भए बमोजिमको बिगो र बिगो बमोजिमको हदैसम्मको कैद र जरिवानाको सजाय माग गरी विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।

अख्तियारले मुद्दा हालेका व्यक्तिहरुको सूची हेर्नुृहोस् :

 

Share Now

Leave a comment.