Prakash Adhikari November 25, 2024
काठमाडौँ , १० मङ्सिर : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

आइतबार बिहान दुई उम्मेद्वारको अन्तवार्ता र प्रस्तुतीकरण पछि सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम अध्यक्षका लागि मन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

अर्थमन्त्रालयले तीन जना मध्येबाट एक जना अध्यक्षमा नियुक्ति गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये पाँचजना सर्टलिस्टमा परेका थिए । उनीहरूमध्ये सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।

आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कार्कीको नाम भने सिफारिसमा परेन । पाँच जनाको सर्टलिष्टमा परेर पनि बीमा समिति(हाल बीमा प्राधिकरण)का पूर्वअध्यक्ष चीरञ्जीवि चापागाईँ भने अन्तरवार्ता र प्रस्तुतीकरणमा उपस्थित नै हुनुभएन।

आज बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदै हुनुहुन्छ ।
Share Now