Prakash Adhikari June 23, 2018

काठमाडौं, ९ असार । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानवीन समितिले व्यवसायी सञ्जय खेतानलाई पक्राउ गरेको छ ।

केही दिनअघि पक्राउ परेका विमल पोद्दार समुहमा रहेर सुन तस्करीमा संलग्न खेतानलाई सुन तस्करीबारे छानविन गर्न गठित समितीले नियन्त्रणमा लिइएको हो ।

खेतान सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग निरन्तर सम्पर्कमा थिए ।

बिहिबार समितिले रेष्टुरेण्ट ब्यवसायी अकवर शाहलाई पक्राउ गरेको थियो ।

अकबर शाहले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेष्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चालन गरिएको शाहले समितिसमक्ष बयान दिएका छन् ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघी छिरीङसँग मिलेर अबैध सुनको कारोवार गरेको बयान दिएका छन् ।

Share Now

Leave a comment.