
काठमाडौं, २४ मंसिर । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप अन्तरगत आज भएको पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै भारतको क्यालिकट हिरोजले ३ अंक जोडेको छ।
क्यालिकटले क्लब एचडीसीलाई आज कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५(१३ को सहज नतिजामा पहिलो सेट जित्दै क्यालिकटले १(० को अग्रता बनायो।
दोस्रो सेट प्रतिस्पर्धात्मक बनेपनि २५(२३ ले क्यालिकटले बाजी मार्यो। २(० ले पछि परेको एचडीसी खेलमा फर्कन सकेन। तेस्रो सेट २५(२१ ले आफ्नो पक्षमा पार्दै क्यालिकटले सोझो सेटको जित निकाल्यो।
यसअघि पहिलो खेलमा क्यालिकट नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३(२ ले पराजित भएको थियो।
दुई खेलपछि क्यालिकेटको ४ अंक भएको छ। एचडीसीको यो दोस्रो हार हो।
पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३(२ ले हराउँदै विजयी सुरूवात गरेको एचडीसी दोस्रो खेलमा इरानको यु(१८ सँग ३(२ ले पराजित भएको थियो। च्याम्पियनसिपमा ५ अंकका साथ हेल्प नेपाल शीर्ष स्थानमा छ।