
काठमाडौं, १६ असार ।नेपालमा छवटा महानगरपालिका छन्।
करिब एक वर्षअघि निर्वाचन भएर जनप्रतिनिधि आएपछि तिनले आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट आ-आफ्ना नगरसभामा प्रस्तुत गरेका छन्।
उनीहरूका मुख्य नीति, योजना र परियोजना के हुन्?
‘
बजेटको आकारका आधारमा क्रमश: –
१.काठमाण्डू महानगरपालिका
कुल बजेट रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार
मुख्य योजना
वायुप्रदूषण नियन्त्रण
सडक सुरक्षा
ढुङ्गेधारा संरक्षण
मोनोरेल, विद्युतीय बस, आकाशेपुल, सार्वजनिक शौचालय लगायतको डीपीआर तयार पार्ने
हनुमानढोका-स्वयम्भू जोड्ने पदमार्ग निर्माण
कुल बजेट रु छ अर्ब ५३ करोड ६५ लाख
मुख्य योजना
तीन मुख्य ताल फेवा बेगनास र रूपा जोड्ने गरी मोनोरेल सञ्चालन गर्न संभाव्यता अध्ययन
महानगरभित्रका तालहरूको संरक्षण र फेवातालमा जाने ढल तर्काउने गरी ढल निर्माण
स्मार्ट सिटी निर्माणका लागि महानगरका ११ ठाउँमा मेट्रो भिलेज निर्माण
सौर्य ऊर्जाका माध्यमबाट महानगर उज्यालो कार्यक्रम सञ्चालन
जग्गाको खण्डीकरण रोक्ने नीति
साहसिक पर्यटन
बाहिरी चक्रपथ निर्माण
३.वीरगन्ज महानगरपालिका
कुल बजेट रु चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार
मुख्य योजना
ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार बनाएर वीरगन्ज विश्वविद्यालय
महानगरमा रहेका मुख्य नालाहरूलाई ढाकेर वैकल्पिक बाटोको निर्माण
सिर्सिया करिडोर निर्माणको लागि कार्य प्रारम्भ गरिने
यातायात गुरुयोजना, वीरगन्जमा चक्रपथ निर्माण, पुरानो बसपार्कमा व्यापारिक भवन
‘बेटी बचाई, बेटी पढाई’ अभियान
भोजपुरी भाषालाई सरकारी सरहको कामकाजी भाषा बनाउने
आधुनिक बसपार्क निर्माण
४. विराटनगर महानगरपालिका
कुल बजेट रु चार अर्ब ४७ करोड ८ लाख ४९ हजार
मुख्य योजना
दुई दशकदेखि अलपत्र अवस्थामा रहेको विराटनगर चक्रपथ निर्माण
विशेष आर्थिक क्षेत्र र औद्योगिक प्रदर्शनीस्थल निर्माण
अन्तर्राष्ट्रिय खेलमैदान
विराटनगर विमानस्थलको स्तरोन्नति
विराट राजाको दरबारको संरक्षण गरी विश्वसम्पदा सूचीमा राख्ने पहल
नगर बस सञ्चालन
प्लास्टिक झोलामुक्त महानगर बनाइने
५. ललितपुर महानगरपालिका
कुल बजेट करिब रु ४ अर्ब ७० करोड
मुख्य योजना
पूर्वाधारमा सडक, ढल, पार्क, ट्राफिक व्यवस्थापन
विद्यालका जीर्ण र नयाँ भवन निर्माण पूरा गर्ने
अस्पताल र स्वास्थ्य चौकीमा औषधि नियमित पार्न समयमै पर्यटकीय गुरुयोजना पूरा गर्ने
पर्यटकमैत्री ऐतिहासिक र सांस्कृतिक पूर्वाधार तयार पार्ने
करका दर व्यवस्थित र फराकिलो पारिने
बहुवर्षीय प्रणालीमा सडक योजना
६. भरतपुर महानगरपालिका
कुल बजेट रु तीन अर्ब पाँच लाख ८६ हजार
मुख्य योजना
महानगर क्षेत्रमा चक्रपथ निर्माण
सहायक राजमार्ग निर्माण
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान
तीनवटा आकाशेपुल
नारायणी नदीको किनारामा पार्क
(बीबीसी)