Prakash Adhikari January 13, 2025

 

काठमाडौं, २९ पौष । नेपालमा फागुन ५ देखि १४ गतेसम्म चार देशको महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

खेलमा आयोजक नेपाली राष्ट्रिय टोलीले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ।

दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबनानबिच हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार नेपालले फागुन ८ गते लेबनानको सामना गर्ने
छ भने फागुन ११ गते लिग चरणको तेस्रो तथा अन्तिम खेल म्यानमारसँग खेल्नेछ ।

नेपालको सबै खेल साँझ ५ः३० बजे सुरु हुनेछ। ४ टोलीको लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फागुन २६ गते फाइनल खेल्नेछन् ।

एन्फाले नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छैन । कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग २(१ ले पराजित भएपछि तत्कालिन मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद त्याग गरेका थिए।

एन्फा महिला लिग माघ १६ गते सकिएपछि नेपाली टोली फोर नेसन्स कपको तयारीमा जुट्ने बताइएको छ ।

Share Now