Prakash Adhikari July 3, 2018

 

काठमाडौं, १८ असार । सोमबार अविरलरुपमा भएको बर्षाको कारण देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानमा परि ११ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले जनाए अनुसार  रोल्पामा घरको पर्खाल भत्किदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वरमा महादेव खोलाकोे बाढीले वगाउदा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै बाँकेमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ भने एकजना खोला तर्ने क्रममा बेपत्ता भएका छन् । कैलालीमा घर भत्किएर १ जनाको मृृत्यु भएको छ ।

सिन्धुलीमा कमला नदीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

त्यस्तै चितवनमा नहरमा डुबेर १ जनाको मृत्यु भएको छ भने पर्सामा खोला तर्ने क्रममा १ जनाको मृत्यु भएको छ, २ जना घाइते छन भने १ जना वेपत्ता छन् । महोत्तरीमा सर्पले टोकेर एकजनाको मृत्यु भएको छ ।

पृथ्वी र सिद्धार्थ खुले, कर्णाली अझैअवरुद्ध

पहिरोको कारण अबरुद्ध भएका पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग खुलेका छन तर कर्णाली राजमार्ग अझै अवरुद्ध भएको जनाइएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

Share Now

Leave a comment.