
काठमाडौँ, २ माघ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ ।
अधिवक्ता त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण गरेका हुन् । अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गर्नुभएको थियो।
रास्वपाका कार्यकर्ताले आफूलाई गालीगलौजसँगै लछारपछार गरेर कुटपिट गरेको अधिवक्ता त्रिपाठीले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “अदालत परिसरमा म माथि कुटपिट भयो, गालीगलौज गरियो । मलाई लछार(पछार गरियो । कोट तानेर आक्रमण भयो । धकेलाधकेल भयो, प्रहरीले सुरक्षा दिएर मलाई राखेको छ । म अहिले अदालत परिसरमै छु ।”