Prakash Adhikari July 3, 2018

मस्को(रुस)१९ असार । रुसमा भैरहेको २१ औं विश्वकप फुटबलमा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
अन्तिम दुई प्रि–क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र बेलायतले प्रतिस्पर्धा गर्दै छन्।

समूह एफको विजेता स्विडेन र समूह इ को उपविजेता स्वीट्जरल्याड बिचको खेल मंगलबार सांझ पौने आठ बजे रसियाको सेन्ट पिटरवर्गस रंगशालामा हुने छ। समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई तीन शुन्य गोल अन्तरले हराएको थियो।

समूह इको उपविजेता स्वीट्जरल्याण्डले सर्बियालाई २–१ गोल अन्तरले हराउँदा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने ब्राजिलसँग १–१ को ड्र नै खेलेको थियो।

त्यस्तै मंगलबार राति पौने १२ बजे इग्ल्याण्ड र कोलम्बिया खेल्ने छन्।स्पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ।

कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो। इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो। मंगलबारको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ।
यी मध्य दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन्।

यस अघि फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन्। यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन्।

Share Now

Leave a comment.