Prakash Adhikari July 3, 2018

 

मस्को(रुस), १९ असार । विश्वकप फुटबलको मंगलबार स्वीडेन र स्वीजरल्याण्डबीच सम्पन्न खेलमा स्वीडेन१-० ले विजयी भएको छ।

पहिलो हाफ बराबरी भएको खेलमा स्वीडेनले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको हो । स्विडेनका स्ट्राइकर एमिल फोर्ब्सबर्गले खेलको ६६ औं मिनेटमा टोलीका लागि सो विजयी गोल गरेका थिए।

उनले डिबक्सबाहिरबाट गरेको प्रहार स्विजरल्यान्डका डिफेन्डर मानुयल अकान्जीको खुट्टामा लागेर पोष्टमा छिरेको थियो।

त्यसैगरी इन्जुरी समयमा तेश्रो मिनेटमा वान भर्सेज वान सिचुएसनमा स्विजरल्याण्डका खेलाडी लाङले डिएरियामा फल गरेपछि रेड कार्ड पाउँदै मैदान बाहिर पुगेका थिए।

रेफ्रीले यस फलका लागि सुरूमा स्वीडेनलाई पेनाल्टी दिएपनि भिएआर फ्रिकिकको निर्णय सुनाएका थिए।

अमेरिकामा सन् १९९४ मा भएको विश्वकपपछि स्वीडेन क्वाटरफाइनल प्रवेश गरेको पहिलो अवसर हो।

उसले सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्याण्ड र कोलम्बियाबीचको खेलका विजेतासँग खेल्नेछ।

Share Now

Leave a comment.