Prakash Adhikari July 3, 2018

मस्को(रुस),२० असार । रुसमा जारी विश्वकपको गए राती भएको नकआउट चरणको अन्तिम खेलमा बेलायत क्वाटर फाइनलमा प्रवेश गरेको छ।

बेलायतले कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो।

निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। जसमा पनि कुनै पक्षले पनि आफ्नो पक्षमा निर्णायक बनाउन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो।

जसमा बेलायत ४-३ ले विजयी भयो।

नियमित समयतर्फ खेलको ५७औँ मिनेटमा बेलायतका कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गरेर खेलमा अग्रता लिएका थिए। जुन अग्रता निर्धारित समयसम्म नै रह्यो।

तर थपिएको तेस्रो मिनेटमा कोलम्बियाका येरी मिनाले गोल गरेर र खेललाई बराबरीमा ल्याए। जसका कारण खेल थप ३० मिनेटको अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्म पुग्यो।

पेनाल्टी सुटआउटमा बेलायतका गोल किपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको पेनाल्टी रोकिदिए। जसले खेललाई बेलायतको पक्षमा गयो।

बेलायतकालजोर्डन हेन्डरसनको पेनाल्टी प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोकिदिएका थिए।

बेलायतका कप्तान ह्यारी केन, मार्कस रसफोर्ड, केइरन ट्रिपियर र एरिक डायरले गोल गरे।

कोलम्बियाका एक खेलाडीको पेनाल्टी खम्बामा लागेर बाहिरिएको थियो। माटेउस उरिबेको पेनाल्टी प्रहार गोलपोष्टको खम्बामा लागेको थियो। कोलम्बियाका तर्फबाट जुआन कुवादराद्रो र लुइस मुरिएलले मात्रै पेनाल्टीमार्फत गोल गर्न सफल भए।

बेलायतले क्वाटर फाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने भएको छ। स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुने भएको छ।

Share Now

Leave a comment.