Prakash Adhikari January 23, 2025

काठमाडौं, १० माघ । पतञ्जली योगपीठ नेपालका सञ्चालक ई. शालिग्राम सिंह भारतमा सम्मानित हुनुभएको छ ।

उहाँलाई जनवरी ३ देखि ५ सम्म दिल्लीमा आयोजित वल्र्ड हिन्दु फेडेरेशन( ग्लोबल हिन्दु एडभोकेसी)को वल्र्ड हिन्दु कन्फरेन्समा हिन्दु रत्न अवार्डबाट सम्मानित गरिएको हो ।

विश्वमा नि:स्वार्थ भावले शिक्षा, स्वास्थ्य, सामाजिक सद्भाव अभिबृद्धि, जनचेतना अभिबृद्धि, सांस्कृतिक तथा धार्मिक प्रवद्र्धनका क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई यो सम्मान दिइने गरिन्छ ।

ई. सिंह नेपालमा पतञ्जली योगपीठको स्थापना गरी यसमार्फत योग साधनाको प्रचार गर्नुका साथै प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार राहत कार्यमा सहयोग पुर्याउदै आउनुभएको छ ।

उहाँले वल्र्ड हिन्दु फेडेरेशन जस्तो प्रतिष्ठित संस्थाबाट पाएको सम्मानले आफूलाई नेपाली नागरिकको हितमा काम गर्न थप हौसला मिलेको बताउनुभएको छ ।

यो अवार्डबाट प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री प्रेम आले पनि सम्मानित हुनुभएको छ ।

 

 

Share Now