काठमाडौं, १३ माघ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा २०८१ माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो ।
स्थानान्तरित शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गर्नुभयो । यस शाखाबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उहाँले बताउनु भयो । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २ सय ८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २ सय ६६ वटा एटीएम रहेको छ ।