पोखरा(कास्की), १३ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज सम्पन्न पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार भएको पुरुषतर्फको तेस्रो खेलमा एपीएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले आयोजक गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउन पुगेको थियो।
पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे । पाँचौं सेटमा गण्डकीले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमायो ।
यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको महिलातर्फको खेलमा आयोजक गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।