Prakash Adhikari January 28, 2025
काठमाडौं, १५ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा देशभरका कार्यालयमा  सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पत्ति शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गर्नुभएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनीकरणबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।
Share Now