Prakash Adhikari February 4, 2025

काठमाडौं, २२ माघ । बेलायती राजकुमारी डचेस सोफी नेपालको भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ।

उहाँ सोफी मंगलबार बेलायतबाट नेपाल आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र नेपालका लागि बेलायती राजदूत लगायतले स्वागत गर्नुभएको थियो ।

आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड दिल्लीबाट आजै नेपाल आउँदै हुनुहुन्छ ।

उहाँहरु ६ दिन नेपालमा रहने र नेपाल तथा बेलायत बीचको घनिष्ठ सम्बन्धलाई नजिकबाट नियाल्ने स्ट्याण्डर्ड डट सिओ डट युकेले जनाएको छ ।

यो जोडीले नेपालको सुन्दरता अनुभव गर्नेछन् । उहाँहरु घान्द्रुक पुग्ने कार्यक्रम छ जहाँबाट अन्नपूर्णा हिमशृङ्खलाको दृश्यहरू देख्न सकिन् छ। यो जोडीको पहिलो नेपाल भ्रमण हो ।

सोफीले हालै आफ्नो ६०औं जन्मदिन मनाउनुभएको थियो ।

ड्युक एडिनबर्ग राजा चार्ल्स तृतीयका कान्छा भाइ हुनुहुन्छ। उहाँ पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरूको एटेस्टेसन परेडमा समेत सहभागी हुने कार्यक्रम छ ।

डिनबर्ग दम्पतीले मानव तस्करी र लैंगिक हिंसामा बाँचेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने र समर्थन गर्ने संस्थाहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

सोफी संयुक्त राष्ट्रसंघको महिला, शान्ति र सुरक्षा एजेन्डाकी समर्थक हुनुहुन्छ । गत अक्टोबरमा माल्टामा भ्रमणका क्रममा मानव तस्करी पीडितहरूलाई समर्थन गर्ने विषयमा माल्टा प्रहरी बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँगको छलफलमा उहाँ सहभागी हुनुभएको थियो ।

बकिंघम प्यालेसले भनेको छ, ‘यस भ्रमणले बेलायत र नेपाल बीचको घनिष्ठ सम्बन्धलाई मजबुद बनाउनेछ र युवा अवसर, स्वास्थ्य सेवा, महिला र बालिकाको समानता, संरक्षण र जैविक विविधता जस्ता साझा हितहरूलाई मजबूत पार्नेछ।’

Share Now