
काठमाडौं,३ माघ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।
अर्थ सचिव उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।
सोही ऐनमा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । सोहि अनुसार अर्थ सचिव उपाध्यायले सपथ लिनुभएको हो ।