किंग सिटी(क्यानडा), २५ असार । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्स क्यानेडीयन लिग ग्लोबल टी(२० लिग चरणको अन्तिम खेलमा टोरन्टो नेशनलसंग १ विकेटले पराजित भएको छ ।
गए राती सम्पन्न भएको खेलमा नेपाल लेग स्पिनर सन्दीप लामिछानेले खेलमा दुई विकेट लिएका थिए । तर जीतको लागि त्यो पर्याप्त भएन । हिजोको खेलमा श्रीलंकाका खेलाडी मालिड.ा र सिडलले तीन तीन विकेट लिएका थिए । हेनरिकले एक विकेट लिएका थिए ।
नेपाली खेलाडी सन्दीप लामिछानेले तेह्रो ओभरको छैठौं बलमा कुमारलाई र १७ औ ओभरको छैठौं बलमा धारीवाल पेभिलियन फर्काएका थिए ।
ओपनिड. बलरको रुपमा खेलेका मालिंगाले पहिलो ओभरको छैठौं बलमा टोरन्टो नेशनलका चाल्र्सलाई आउट गरेका थिए । उनले १६ औं ओभरको पाँचौ बलमा सामीलाई आउट गरे । उनले १८ औं ओभरको छैठौं बलमा उस्मा मीरलाई पनि पेभिलियन फर्काएका थिए ।
सिडलले चौथोमा स्मिथ , चौधौंमा डेभकिच र २० औ ओभरमा पोलार्डलाई आउट गरेका थिए ।
खेलमा सन्दीपले आठौं, १३ औं, १५ औं र १७ औं ओभरमा बलिड. गरेका थिए ।
गए राती भएको खेलमा टस जितेको टोरन्टो नेशनलले फिल्डिड. रोजेको थियो ।
पहिले ब्याटिड.को निम्ता पाएको सन्दीपको मोन्टेरियल टाइगर्सले ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा जम्मा १७६ रन मात्र जोड्न सक्यो ।
१७७ रनको लक्ष्य पाएको टोरन्टो नेशनलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।
प्रतियोगिताका पाँच खेलमा एडमोन्टोन रोयल्सलाई मात्र हराएको टाइगर्स पहिलो चरणबाट बाहिरिन पुगेको छ ।
सन्दीप रहेको टोली मोन्ट्रेलले चौथो खेलमा मात्र जित निकालेको थियो।
सन्दीपले जारी प्रतियोगितामा तीन खेलबाट समान एक एक विकेट लिए भने पाँचौ तथा अन्तिम खेलमा दुई विकेट लिने सफलता पाए । उनको पहिलो खेल ढिलो पुगेको कारण छुट्न गएको थियो । प्रतियोगितामै दुई मेडन ओभर गर्ने सन्दिप पहिलो खेलाडीसमेत हुन्।
यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए। भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन्।
Global T20 Canada
| TEAM | M | W | L | T | N/R | PT | NRR | FOR | AGAINST |
|---|---|---|---|---|---|---|---|---|---|
1 West Indies B |
5 | 4 | 1 | 0 | 0 | 8 | 0.728 | 772/89.1 | 793/100.0 |
2 Vancouver Knights |
5 | 3 | 1 | 0 | 1 | 7 | 0.891 | 730/77.4 | 675/79.2 |
3 Edmonton Royals |
5 | 2 | 2 | 0 | 1 | 5 | 0.277 | 651/74.3 | 660/78.0 |
4 Winnipeg Hawks |
5 | 2 | 3 | 0 | 0 | 4 | 0.444 | 877/100.0 | 791/95.0 |
5 Toronto Nationals |
5 | 2 | 3 | 0 | 0 | 4 | -1.564 | 815/99.2 | 871/89.1 |
6 Montreal Tigers |
5 | 1 | 4 | 0 | 0 | 2 | -0.621 | 794/100.0 | 849/99.1 |
























