Prakash Adhikari July 10, 2018

 

काठमाडौं,२५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कारबाही गर्ने आफ्नो प्रतिबद्धता फेरि दोहोर्याएका छन् ।

राष्ट्रिय सभामा सांसदहरुद्धारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथिको विनियोजन बजेटमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन । ‘अनुचित ढंगले शोषण गरेका कुरा सुनिन्छ, त्यो मान्य हुँदैन’,उनले भने, ‘अपराध गर्नेलाई दण्डित गछौँ, भ्रष्टाचार गरेको भए अनुहार हेरिदैँन आचरण हेरेर कारबाही गरिन्छ, चाहे त्यो जतिसुकै शक्तिशाली होस् ।’

उनले ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ संकल्प लिएको बताउदै भने.”सत्यसँग टक्राउन सकिँदैन। त्यो आफैमा पूर्ण छ । सत्य नभएको शक्तिसँग डराउनु पर्दैन ।’ भ्रष्टाचार गरेको भेटिए ‘बट् एण्ड ईफ्’को कुरा हुँदैन । सोझै कारबाही हुन्छ । उनले हिजो सुदृढ सरकार र बहुमत नहुँदा नीतिको स्पष्टता हुँदैन थियो, भने । अब सबै सम्भव छ । ”

आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले प्रधानमन्त्री कार्यालय र सिंगो सरकार नै मितव्ययितामा चलेको दावी गरे ।

उनले प्रधानमन्त्रीले कार्यालयमा दुध र चिनी नहालेको कालो चिया पिउने गरेको दावी गर्दै राष्ट्रियसभा सदस्यहरुलाई पनि प्रधानमन्त्री कार्यालयमा आएर आफै अनुभव लिन अनुरोध गरेका थिए ।

उनले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिए ।

सांसदहरुले सबै निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको र बजेट पनि प्रधानमन्त्री कार्यालयमै खिचेको प्रश्न उठाएको भन्दै ओलीले भने, ‘हिजो राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, योजना आयोग कस्ले हेर्दथ्यो ? अहिले राष्ट्रिय अनुसन्धान विभाग र यस्तै विभाग के प्रधानमन्त्री कार्यालयमातहत आएका थिए सबै अधिकार खिच्यो र शक्तिशाली बन्यो भनियो । म यत्रो वर्ष संघर्ष गरेको शक्तिशाली हुन हो कि जनताको हितका लागि होला, यो सबैले थाहा पाएकै विषय हो । यसमा थप बोलिरहनु पर्छ होला र ?’

यत्रो विघ्न खर्च रु भनियो । उनले अगाडि भने, ‘१८ वटा निकाय एकै ठाउँमा आउँदा ठूलो रकम देखिनु स्वभाविक हो । अहिले सरकारले मित्तव्ययीताको नीति अपनाएको छ। ढुक्क हुनुस् । बढी खर्च कहाँबाट होला र रु त्यति धेरै निकायको प्रभावकारिताका लागि ।’

माननीय सदस्यहरुलाई कति धेरै खर्च भन्ने लागेको हो भने यहाँहरु माननीय आदर्णीय व्यक्तित्व हुनुहुन्छ, प्रधानमन्त्री कार्यालयमा जानुभो भने थाहा पाईहाल्नु हुन्छ । बढीमा प्रधानन्त्रीले दुध–चिनी नहालेको चिया खाएको देख्नु हुन्छ, बढी खाईहाले छ भने । यहाँहरुलाई पनि यस्तै कुराले स्वागत गरिन्छ ।’ ओलीले अगाडि भने, ‘त्यहाँ कुनै भव्य खानेकुराहरुले स्वागत गरिँदैन । मित्तव्ययीताको बाटोमा छ सरकार । हामी जनताले दिएको करलाई मित्तव्ययी भएर खर्च गर्छौँ । सदुपयोगको सिद्धान्त लिएका छौँ ।

नेपालमा सदाचार नीतिको कुरा गर्नेवित्तिकै हल्ला खल्ला भो । लौ सदाचार नीति लाउन खोज्यो, उनले भने, ‘आत्तिनु पर्ने कुरा के छ । सदाचार चाहिन्छ नेपालमा ।’ बेथितिहरु छन् । मूल्यवृद्धि भएको छ । अनुचित ढंगले शोषण गरेका कुरा सुनिन्छ, त्यो मान्य हुँदैन । अपराध गर्नेलाई दण्डित गछौँ । भ्रष्टाचार गरेको भए अनुहार हेरिदैँन आचरण हेरेर कारबाही गरिन्छ, चाहे त्यो जतिसुकै शक्तिशाली होस् ।

सांसदहरुले राष्ट्रिय योजना आयोगमा विषयगत विज्ञ हुनुपर्ने भनि उठाएको प्रश्नमा ओलीले उल्टै प्रह्न गरे । विज्ञ चाहियो रे ! राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु हुन्छन्, उहाँहरुको सीभीतिर ध्यान गएको छैन कि के हो ?

त्यहाँ त सबै विज्ञनै हुन्छन् हैन र ? कि सर्वज्ञ खोज्नु भएको हो ? उनले भने, ‘सर्वज्ञ खोज्नु भएको हो भने संसारमा कोही पनि सर्वज्ञ छैन ।’ योजनाबारे जानेका भए पनि भूगोल नचिन्नेहरु छन् भनियो, प्रधानमन्त्री ओलीले भने, ‘भूगोल विषय पढेकाहरु सबै मुलुक र सबै ठाउँ पुगेका हुँदैनन् । तर, भूगोलबारे जान्दछन् ।’ भूगोलको कुरा गोविन्द केसीसँग पनि जोडे, ओलीले । उनले भने कोही जुम्ला जाँदा उधुम मच्चिन्छ, कोही जुम्ला गए आएको थाहै हुँदैन ।

Share Now

Leave a comment.