Prakash Adhikari July 10, 2018

ललितपुर, २६ असार । नेपाली कांग्रेसका युवा नेता किरण पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको आमन्त्रित सदस्य मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर र्दउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नेपाली कांग्रेसको नियमावली २०६८ बमोजिम किरणराज शर्मा पौडेल (बाग्लुङ्ग)लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रीत सदस्य पदमा मनोनयन गर्नु भएको उल्लेख गरेका छन् ।

Image may contain: text

युवा नेता पौडेलले नेपाल विद्यार्थी संघको  महामन्त्रीको   नेतृत्व समेत कुशलतापूर्वक हाँकेर आफ्नो कुशलता प्रमाणित गरिसकेका छन् ।

Share Now

Leave a comment.