
काठमाडौं, २२ फागुन । गएको सोमबारदेखि लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालो गतिमै बन्द भएको छ।
बिहीबार शेयर बजारमा दिनभरि नै उतार चढावपूर्ण रह्यो । अन्तिममा धितोपत्र बजार परिसूचक झिनो अंकको गिरावट सँगै बन्द भयो। बिहीबार धितोपत्र बजार सूचक २.७० अंकले घटेर २८१८.४३ अंकमा बन्द भयो। शेयर बजार लगातार घटेको बिहीबार चौथो दिन हो।
बिहीबार कारोबार भने बुधबारको तुलनामा बढेको छ । यस दिन १ करोड ९० लाख कित्ता शेयर १० अर्ब १० करोड रुपैयाँमा किनबेच भए। बुधवार १० अर्ब ९ करोडको शेयर किनबेच भएका थिए।
बिहीबार १० प्रतिशतले बढ्ने दुई कम्पनी छन्। जसमा गर्डियन माइक्रो इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी एनबिए डिबेन्चर १० प्रतिशतले घट्यो।
समूहगत आधारमा हेर्दा यस दिन वाणिज्य बैंक ०.०३ विकास बैंक १.८६ उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५ प्रतिशतले बढे।