Prakash Adhikari March 7, 2025

 

काठमाडौं, २३ फागुन । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्दलाई प्रा. डा. फत्तबहादु केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गर्नुभएको थियो ।

सो कार्याक्रममा गृह मन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबीआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ सय २५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Share Now