Prakash Adhikari March 9, 2025

बैतडी, २५ फागुन : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा हुँदैछ ।

प्रतियोगिताको उद्घाटन तिलोात्तमामा रहेको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा हुदैछ ।

यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका खेलहरु रुपन्देही तिलोत्तमाको एक्स्ट्राटेक ओवल क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंगशाला तथा दाङ लमहीको क्रिकेट मैदानमा हुदैछ ।

जसमा एक्ट्राटेकमा १५, भैरहवामा १७ र लमहिमा १४ खेल हुने छ । प्रतियोगिताको फाइनल भैरहवामा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय सहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ ।

सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।

नारायण जोशीको कप्तानीमा सुदूरपश्चिम प्रदेश टोली

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन् । प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन् ।

विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशको टोली 

गण्डकी प्रदेश क्रिकेट संघले शनिवार विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

गण्डकी प्रदेशको पहिलो खेल सोमवार सुदूरपश्चिम प्रदेशसँग एस्ट्राटेक ओभलमा हुनेछ ।

गण्डकीको टोलीमाविपिन खत्री(कप्तान), अर्जुन कुमाल, सुवास भण्डारी, मुस्कान थापा, अमृत गुरुङ, चन्द्रकान्त पौडेल, दिपक डुम्रे, समिर कडेल, भनस क्षेत्री, सुदिप अर्याल, कमल परियार, रोहित चन्द, सुजन गौतम, दिनेश बुढा मगर र सन्दिप पराजुली रहेका छन् ।

अनिलको कप्तानीमा मधेश टोलीको घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ ।

मधेश प्रदेश क्रिकेट संघले शनिवार अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते बनेका अनिलले टोलीको कप्तानका रुपमा पुनरागमन गरेका छन् । अनिलले केही महिना अघि भएको जय ट्रफी मेन्स एलिट कप गुमाएका थिए । गत संस्करणको पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका पवनले लामो समय पछि घरेलु क्रिकेटमा पुनरागमन गरेका छन् ।

कर्णाली प्रदेशको पहिलो खेल मंगलवार कोशी प्रदेशसँग सिद्धार्थ रंगशालामा हुनेछ ।

मधेशको टोलीमा अनिल साह, पवन सरार्फ, मयन यादव, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोहन विक, प्रदिप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् ।

टिम मुख्य प्रशिक्षकमा सुनिल साह तथा सहायक प्रशिक्षकमा शिब तण्डुकार रहेका छन् ।

लुम्बिनी प्रदेशको टिमको नेतृत्व देव खनालले गर्ने

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेशको टिमको नेतृत्व देव खनालले गर्ने भएका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघले शुक्रवार देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

संघका सचिव कैलाश रोक्का मगरका अनुसार नेपाली अन्डर–१९ का कप्तान समेत रहेका देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

टिममा आकाश त्रिपाठी, मिन्राल गुरुङ, प्रज्वल थापा मनिश थापा, सम्राट भुसाल, सुशान्तसिंह थापा, नरबहादुर सार्की, विरबहादुर घर्ती, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सल्लाउदिन खान र विर्पशन केसी रहेका छन् ।

अतिक्ति खेलाडीमा तुलबहादुर थापा, राजेन्द्र वम, रौनक श्रीवास्तव, दिनेश बोहोरा र मो। हुसेन छनौट भएका सचिव रोक्काले जनाएका छन् ।

टिमको प्रशिक्षकमा बसन्त शाही, टिम म्यानेजरमा शंकर राना र भिडीयो एनालिास्टमा कृष्ण भुसाल रहेको संघले जनाएको छ । लुम्बिनीले पहिलो खेल उद्घाटनका दिन कोशी प्रदेशसंग सिद्धार्थ रंगशालामा खेल्ने छ ।

अंकितको कप्तानीमा कोशीको टिम घोषणा

प्रधानमन्त्री कप (पिएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टोलीको घोषणा भएको छ ।

कोशी प्रदेश क्रिकेट संघले बिहीवार अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा सबैभन्दा बढी मोरङका ५ खेलाडी छन् । मोरङबाट दिपेश कडेल, फिर्दोस अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कू रहेका छन्

त्यस्तै, झापाबाट कप्तान अंकितसहित ४ खेलाडी छन् । सुजन थपलिया, विपिनकुमार महतो र समिर कार्की झापाका हुन् ।
सुनसरीबाट ३ खेलाडी रहेका छन् । भूपाल लुइँटेल, प्रकाश कार्की र सुमन गहतराज सुनसरीका हुन् ।
त्यस्तै, उदयपुरबाट आइस भट्टराई र सोनु अन्सारी छन् भने इलामबाट सन्दीप ढुंगाना कोशी प्रदेशको टोलीमा परेका छन् ।
टोलीको प्रशिक्षकमा राजकुमार प्रधान छन् भने व्यवस्थापकमा शिबु बुढाथोकी र फिजियोमा प्रदिप पाण्डे रहेका छन् ।

कोशी प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै लुम्बिनी प्रदेशसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

कोशी क्रिकेट टोलीमा अंकित सुवेदी(कप्तान), सुजन थपलिया, दिपेश कडेल, सन्दिप ढुङ्गाना, आईस भट्टराई, सुमन गहतराज, समिर कार्की, प्रकास कार्की, भुपाल लुईटेल, फिर्दोस अन्सारी, विपिन महतो श्रवण किस्कु, साकिब हक, चिराग शाह र सोनु अन्सारी रहेका छन् ।

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ ।

बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

कर्णाली प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै सुदूरपश्चिम प्रदेशसँग भैरहवामा रहेको एक्ट्रा टेक ओभलमा हुनेछ ।

कर्णालीको टिममादिवान पुन(कप्तान), रविन्द्रजंग शाही, अर्जुन घर्ती, प्रकास जैशी, विपिन विक्रम शाही, दीपेन्द्र रावत, निश्चल रावल, सुनिल धमला, दीनेश अधिकारी, युनिस विक्रम सिंह, हिमाशुं शाही, विपिन रावल, अनुज चुनारा, राज प्रसाद शाह र दीनेश रावत रहेका छन् ।

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

 

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ ।

बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो ।

प्रदेश छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर बागमती प्रदेशको अन्तिम टोलीको घोषणा भएको हो । छनोट प्रतियोगितामा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गदै ललितपुर च्याम्पियन भएको थियो ।

बागमती प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै एपिएफ क्लबसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

बागमतीको टिममा पृथु बास्कोटा(कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सुर्य तामाङ, ऋत गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर रहेका छन् ।

Image

 

 

Share Now