Prakash Adhikari March 9, 2025

कम्पाला(युगाण्डा), २५ फागुन । नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि २०  सिरिजमा आज आफ्नो दोस्रो खेल खेल्दैछ ‌ ।

नेपालले आयोजक युगान्डाको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ खेल जितेको छ । नेपाल र युगान्डाबीच सन् २०२२ मा ५ खेलको सिरिजमा युगान्डा ३-२ ले विजयी भएको थियो।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

नेपालको खेल तालिका
फागुन २५ गते(मार्च ९) – युगान्डासँग
फागुन २६ गते(मार्च १०) – हङकङसँग
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।

Share Now