मस्को(रुस), ३० असार । रुसमा भैरहेको २१ औं संस्करणको फिफा विश्वकपमा इङ्ल्याण्डलाई २ गोलले पराजित गर्दै बेल्जियमले तेस्रो स्थान हासिल गरेको छ ।
या खेलको पराजपयसँगै इङ्ल्याण्डले भने चौथो स्थानमा चित्त बुझाएको छ।
आजको खेलमा बेल्जियमले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।
बेल्जियमका लागि सो गोल थोमस मुलरले गरेका थिए।
विश्वकपमा बेल्जियमको यो आजसम्मको उत्कृष्ट प्रदर्शन हो। यसअघि सन् १९८६ मा बेल्जियम पहिलो पटक सेमिफाइनलमा पुगेको थियो।
गोल गर्दे खेलमा फ्रकिने प्रयास गरेपनि आजको खेलमा इङ्ल्याण्ड सफल भएन। उसले खेलको दोश्रो हाफमा दोश्रो गोल खायो।
खेलको ८२ औं मिनेटमा हजार्डलले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए।
इङल्याण्डले खेल अवधिमा गोल गर्ने केही राम्रा अवसरहरू पाएको थियो तर तिनलाई गोलमा परिणत गर्ने सौभाग्य चुराउन सकेन र बेल्जियमसंग पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
तेश्रो भएको बेल्जियमलाई भव्य समारोहबीच काँस्य पदक प्रदान गरिएको छ।