Prakash Adhikari July 15, 2018

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका युवा नेता ,सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा पुगेर आमरण अनसनमा बसेका प्रा डा गोविन्द केसीले आफूले भने अनुसारको नभई विज्ञहरुले दिएको सुझाव अनुरुपको विधेयक ल्याउन माग गर्नुभएको बताउनुभएको छ ।

शनिवार अनशनरत डा. के.सी.को जीवनरक्षाका लागि माइतीघर मण्डलामा गरिएको नागरिक प्रदर्शनको समापनका क्रममा पूर्व मन्त्री थापाले सो कुरा भन्नुभएको हो ।

दिउसो १२ बजे देखि शुरु भएको प्रर्दशनमा राजनीतिक दल, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी , पेशाकर्मी , गैरसरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्‍यालीमा साथ दिएका थिए। प्रदर्शनमा सर्वसाधारणको पनि ठूलो उपस्थिति थियो ।

सो कायक्रमा बोल्दै पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले ‘जुम्लामा पुगेर अनसन बसेका डा केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनु पर्ने माग राख्नुभएकोले सो पूरा नहुँदासम्म उहाँलार्इ कसैले हल्लाउन नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, धेरैले केसीले भनेकै आधारमा विधेयक आउनु पर्छ र भन्नु भएको छ। तपाइँहरु यो बुझ्नुस् केसीले आफूले भने जस्तो हैन माथेमा प्रतिवेदनको आधारमा विधेयक आउनु पर्छ भन्नु भएको हो।’

पूर्वमन्त्री थापाले केसीको स्वास्थ्य अवस्था नाजुक रहेको यथार्थलाई आत्मसात गरी सरकारलाई डा. केसीको जीवन रक्षका लागि उहाँको माग संबोधन गर्न आग्रद गर्दै भन्नुभयो, उहाँको जीवन तलमाथि भयो भने प्रधानमन्त्री मात्र नभएर सिंगो नेपाल अपराधबाट मुक्त हुन सक्दैन ।

सांसदथापाले काठमाडौंको जनसंख्याको अनुपातमा मेडिकल कलेजहरुको संख्या पर्याप्त भैसकेकोले उपत्यकामा नयाँ मेडिकल कलेज नचाहिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भो पुग्यो अब काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन, बंगलादेशमा थुप्रै मेडिकल कलेज खोलेपनि गुणस्तर नभएका कारण चिकित्सक देखेर डराउनुपर्ने अवस्था रहेको छ। थप नयाँ कलेज खुले यहाँ पनि त्यहि अवस्था हुनेछ । मेडिकल कलेज खोलेर डलर आउदैन । मेडिकल कलेज खोल्नु भनेको पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू।’

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीले हाल संसदलाई नियन्त्रणमा लिन खोजेको समेत आरोप लगाउनुभयो। कायक्रममा प्रा. केदारभक्त माथेमाले आफूहरुले प्रतिवेदन तयार गर्दा चिकित्सा शिक्षा र सेवाको गुणस्तरलाई ध्यानमा राखेको बताउदै काठमाडौंभित्र जनसंख्याको आधारमा मेडिकल कलेज धेरै भएकाले अब नयाँ मेडिकल कलेज खोल्न नहुने सुझाव दिएको बताउनुभयो ।

माथेमा आयोगको प्रतिवेदन अनुरुपको चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने माग राख्दै प्रा. डा. गोविन्द के.सी.१६ असार देखि जुम्लामा अनशनरत हुनुहुन्छ । उहाँको स्वास्थ्य नाजुक बन्दै गएको बताइदै आइएको छ।

Share Now

Leave a comment.