कम्पाला (युगाण्डा), १ चैत्र । युगाण्डामा भैरहेको वुमेन्स कप टी २० आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपाललाई हङकङले १ सय ५ रनको बलियो लक्ष्य दिएको हो ।
युगाण्डामा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो ।
हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेकी थिइन् । हंगकंगका चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भए ।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ । १ विकेट लिए । नेपालले सिरिजमा ५ खेल खेल्दा ४ मा हार बेहोरेको छ ।
फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भईसकेको छ । हङकङ भने खेलेको ५ मध्ये ३ मा जितका साथ फाइनल प्रवेशको सम्भावनामा रहेको छ ।
यस खेलमा नेपाललाई पराजित गर्दै हङकङ फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा रहेको छ । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।


















