
काठमाडौँ, २ चैत्र । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले मध्यराति १ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५१ रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले यही मार्च १५ तद्अनुसार चैत्र २ गते इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले सोही अनुरुप मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यका बारेमा भने केही उल्लेख गरेको छैन ।