Prakash Adhikari July 17, 2018

 

सानेपा(ललितपुर), १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई सही मार्गमा ल्याउनकालागि उसले गरेका गलत कामकारबाहीका सम्बन्धमा आमजनतालाई सुसूचित गर्न पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । यो चरणको आन्दोलन राजधानी केन्द्रीत हुने बताइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको संयुक्त बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्सर्ना गर्दै त्यसका विरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रमहरु निर्धारण गरेको हो ।

मंगलबारको बैठकमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम

श्रावण ३ गते — प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाईमा अपरान्ह १ः०० बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

श्रावण ५ गते — नेपाल तरुण दलको अगुवाईमा अपरान्ह १ः०० बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

श्रावण ८ गते — नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा अपरान्ह १ः०० बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु ।

Share Now

Leave a comment.