Prakash Adhikari March 22, 2025

काठमाडौं, ७ चैत्र । नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको ६५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको साधारण सभा यही चैत्र ६ गते बुधबारका दिन शसस्त्र प्रहरी बल(एपीएफ) नेपालको हलचोकस्थित सभाहलमा सम्पन्न भएको थियो । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट निर्वाचनको कार्यक्रम स्थगित हुन गएको छ ।

Share Now