
काठमाडौं, १ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भेटरै चिकित्सा शिक्षा विधेयक विज्ञहरुको सुझाव बमोजिम आएको अध्यादेश अनुरुप ल्याउन र सोही माग राखी आमरण अनशनमा बस्नुभएका डा. गोविन्द के.सी.को जीवन रक्षा गर्न अनुरोध गर्नुभएको छ । उहाँले दुवै परिस्थितिको वेवास्ता गर्दै पेलेर विधेयक ल्याउन खोजेमा नेपाली कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनी पनि दिनुभएको छ ।
नेपाली कांग्रेसका मूख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसा सभापनि देउवाले अनशनरत डा. के.सी.को स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएको डा. के.सी. सँग तत्कालै परिणाममूलक वार्ता गरेर उहाँको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्रीलाई सचेत गराउनु भएको छ ।
सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले डा. के.सी.को मागलाई समेत ध्यानमा राखी माथेमा उच्चस्तरीय कार्यदलले दिएको सुझावका आधारमा जनभावना अनुरुप जारी गरेको अध्यादेशका प्रावधानलाइृ यथावत राखी विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने दिनुभएको थियो।
कांग्रेस सभापति देउवाले यदि सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने प्रष्ट चेतावनी समेत दिनु भएको कुरा मुख्य सचिव पौडलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।