
दमौली (तनहुँ), ९ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभयो । उहाँले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुननुहुने बताउनुभयो ।
महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बिताउनुभयो ।
उहाँले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताबीच एकता अपरिहार्य छ भन्नुभयो । एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न
अख्तियारमा नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस तनहुँ क्षेत्र नं २ ले आज दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उहाँले अहिलेको कानुनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले भन्नुभयो, “अब कानुन, प्रशासनलगायत क्षेत्रमा २० वर्ष बढी काम गरी अनुभव बटुलेका, निष्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ । मैले यो विषय राज्य व्यवस्था तथा सुशासन समितिमा उठाइरहेको छु । विस्तारै यो बहसमा आउने विश्वास छ । खुल्ला प्रतिस्पर्धाबाट आएका व्यक्तिले थप निष्पक्ष र पारदर्शी ढङ्गबाट काम गर्न सक्छन् ।” सरकारले हालै ल्याएको अध्यादेश सुशासन कायम गर्नका लागि भएको उहाँले प्रष्ट पार्नुभयो ।
महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “२०८४ मा आमनिर्वाचन हुने भएकाले पार्टीको महाधिवेशन उक्त निर्वाचन अघि सम्पन्न गर्नुपर्ने अवस्था छ ।” कांग्रेसको विधान र मुलुकको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट उल्लेख गरेकाले बढीमा छ महिनासम्म मात्रै समय थप गर्न सकिने उहाँको भनाइ थियो ।
कांग्रेसको महाधिवेशन विसं २०७८ मा भएकाले विसं २०८४ को निर्वाचनपछि महाधिवेशन हुन्छ भन्ने नसोच्न उहाँले पार्टीको नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । महामन्त्री शर्माले पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने जानकारी दिनुभयो ।
महामन्त्री शर्माले कांग्रेस आफैँमा बलियो हुनुपर्नेमा जोड दिँदै सबैबीच एकता र सद्भाव कायम राख्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ । एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्नेछन् । पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नुपर्छ ।”
महामन्त्री शर्माले पार्टीभित्रको वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको हो । यसका लागि सबै दलबीच समन्वय र सहकार्य आवश्यक छ ।”
—