Prakash Adhikari March 24, 2025

काठमाडौं, ११ चैत्र । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

देश लोडसेडिड.को अन्धकारका रुमलिरहेको बेलामा लोडसेडिड. हटाउन सकिन्छ भन्ने आत्म विश्वास लिएर काम गर्नुभएका घिसिड.का पालामा नेपाल विद्युत प्राधिकरणका धेरै अलपत्र परेका आयोजना पूरा भएका छन् । प्रशारण लाईन र सवस्टेशन निर्माणमा पनि गर्व गर्न लायक काम भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको वित्तिय अवस्था पनि निकै सुध्रेको छ । नेपाल विद्युत प्राधिकरण भारतमा नेट विद्युत निर्यातकको रुपमा स्थापित हुन पुगेको छ ।

घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो।

नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक हुनुभएको थियो। पछि उहाँलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।

उहाँ विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय हुनुहुन्थ्यो ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन )एमसीसी)को सहयोगमा नेपालमा सञ्चालित आयोजना हेर्न गठन गरिएको मिलिनियम च्यालेञ्ज एकाउण्ट(एमसीए)कार्यालयमा प्रसारण लाइनका आयोजना बनाउने काममा उहाँ सक्रिय हुनुहुन्थ्यो ।

उहाँ प्रसारणलाइन व्यवस्थापनका विज्ञ हुनुहुन्छ ।

Share Now