Prakash Adhikari March 26, 2025

भैरहवा(रुपन्देही), १३ चैत्र । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै तेस्रो स्थानमा पुगेर यात्रा टुंग्याएको छ ।

लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको र्हा।

अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पीएम कपको फाइनल खेल्ने पक्का भएको छ। पुलिस र आर्मीबीच लिग कै खेल हुन बाँकी छ । तर हालसम्मको खेल नतिजामा नै दुवै टिम पहिलो र दोस्रो स्थानमा पुगेका छन् ।

पुलिसको १६ अंक छ भने आर्मी र एपीएफको समान १४ अंक छ । हेड टु हेडमा आर्मी अगाडि छ। एपीएफ गत वर्ष शीर्ष चारमा पर्न असफल भएको थियो।

आजको खेलमा कोशी प्रदेशले दिएको २ सय ५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले अविजित रहँदै ५४ बलमा समान ६ चौका र छक्कासहित सर्वाधिक ८४ रन जोडे।

१ सय ६४ रनमा ८ विकेट गुमाएर हार नजिक पुगेको एपीएफ नवौं विकेटका लागि इर्शाद अहमदसँग मिलेर लोकेशले गरेको ९४ रनको साझेदारीले विजयी बन्न सफल भयो ।

इर्शादले ४० बलमा नट आउट १६ रन जोडे । कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौकाको सहयोगमा ६१ रन बनाए । सन्दीप जोरा २५ बलमा ४ चौकाको सहयोगमा ३० रन जोड्दै आउट भए ।

कोशीको लागि दिपेश कंडेल र फिर्दोश अन्सारीले समान ३ तथा भुपाल लुइटेल र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको‌ सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।

टोलीका साकिब हकले ६३ बलमा ११ चौकाका साथ सर्वाधिक ६८ रन जोडे । कप्तान अंकित सुवेदी २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

सुजन थपलिया ५७ बलमा ३३, अइष भट्टराई ५७ बलमा ३४, ओपनर चिराग साह ४८ बलमा २४ रनमा आउट भए ।

एपीएफका लागि मौसम ढकाल र अभिषेक गौतमले समान ३, कप्तान रोहितले २, इर्शाद र अमरसिंह राउटेलाले समान १ । १ विकेट लिए ।

कोशीले ९ खेलमा २ अंक मात्र जोडेर पुछारमा रहँदै पीएम कपको अन्त्य गरेको छ ।

 

Share Now