Prakash Adhikari April 2, 2025

 

काठमाडौं, २० चैत्र। नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।

संझौता अनुसार कोषले सभापोखरी हाइड्रोले निकट भविष्यमा निष्काशन गर्ने प्रति सेयर एक सय रुपैयाँ अंकित दरका १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयरको प्रत्याभूति गर्ने छ ।

Share Now