Prakash Adhikari April 8, 2025

भरतपुर(चितवन), २६ चैत्र । नेपाली कांग्रेसका नेता ड शेखर कोइराला आज चितवनको भरतपुरमा आइपुग्नुभएको छ ।

उहाँ नेपाली कांग्रेस चितवनले आयोजना गरेको जनआन्दोलनको बार्षिक दिवस र नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा सरिक हुनु हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसका नेता, पुर्व माननिय भीमबहादुर श्रेष्ठको जीवन संघर्षमा आधारित पुस्तक बिमोचन कार्यक्रम पनि राखिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता कोइरालासंग केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद र केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि चितवन आउनुभएको छ ।

 

Share Now