पोखरा(कास्की) २२ वैशाख । नेपाल पुलिस क्लब पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
पुलिसले उपाधिका लागि इरानीको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आज पुलिसले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेल एकपक्षीय बन्यो। पुलिसले २५-१७, २५-१८ र २५-१५ को सहज नतिजामा फाइनलको यात्रा तय गर्यो।
यसअघि भएको पहिलो सेमिफाइनलमा इरानको टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। इरानी टोलीले २०-२५, २५-२०, २८-२६ र २५-२४ ले खेल जितेको थियो।
इरानी टोली फाइनलमा, आर्मी पराजित
इरान टोलीले पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
इरानी टोलीले आज भएको पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३(१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो।
आर्मीले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट सजिलै जित्यो। खेलमा १-० को अग्रता बनायो। तर यसपछि इरानको टोलीले सानदार कमब्याक गर्यो। दोस्रो सेट २५-२० ले जित्दै इरानले खेललाई १-१ को बराबरीमा पुर्यायो।
तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २८-२६ ले इरानी टिमले बाजी मार्दै २-१ को अग्रता कायम गर्यो। यसपछि
चौथो सेटमा पनि आर्मी खेलमा फर्कने प्रयासमा थियो। तर सफल हुन सकेन । २५-२३ ले इरानले यो सेट पनि जित्दै फाइनलमा स्थान बनायो। प्रतियोगितामा ६ टोलीको सहभागिता छ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ।


















