Prakash Adhikari July 26, 2018

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा विेधेयक विज्ञहरुको सुझाव बमोजिम आएको अध्यादेश अनुरुप हुनुपर्ने माग राखेर २७ औं दिनदेखि आमरण अनशनमा बस्नुभएको प्रा. डा. गोविन्द केसीको समर्थनमा टिचिडं अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म विरोध र्यालीमा जान लागेका २ दर्जन बढी आवासीय डाक्टर तथा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई नेपाल प्रहरीले शिक्षण अस्पतालको गेटबाट नियन्त्रणमा लिएको छ।

आन्दोलनकारी चिकित्सकलाई सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अहिले उनीहरूले क्लबमै अनसन सुरू गरेका छन्।

Share Now

Leave a comment.