Prakash Adhikari July 26, 2018

 

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको सुझाव अनुरुप आएको अध्यादेश बमोजिम हुनुपर्ने माग राख्दै २७ दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्न अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर हुनुभएको छ ।

उहाँका निजी चिकित्सक डा. दिव्यासिंहको पहलमा बुधबार अबेर राती डा. केसीका तर्फबाट वार्ताकार तोकिनुभएका डा. अभिषेक सिंह र डा. सुरेन्द्र भण्डारीसंग भएको वार्ता सकारात्मक भएपछि प्रधानमन्त्रीले चिकित्सा शिक्षा कार्यदलका संयोजक प्रा. केदारभक्त माथेमासंग बिहिबार बिहान वार्ता गर्नुभएको थियो ।

ेहिजो भएको अनौपचारिक सहमति अनुसार डा. केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा  केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई दिइएको छ ।

तीन जनाले गरेको सहमतिलाई विधेयकमा मिलाउने भन्ने जिम्मा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई दिइएको छ ।

हिजोको विकासक्रम सकारात्मक भएकोले माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतसँग प्रधानमन्त्रीले बिहान थप छलफल गर्नुभएको थियो । बिहानको छलफल पनि परिणामउन्मुख रहेकोले डा. केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको बताइन्छ।

शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसीका वार्ताकार र सरकारी वार्ता टोलीबीचको वार्ता अवरूद्ध भएको थियो।

‘प्रधानमन्त्रीले आफैले अग्रसरता लिएकोले प्रा. डा. केसी अनसनको आजै सम्बोधन हुन सक्ने संभावना देखिएको छ।

Share Now

Leave a comment.