Prakash Adhikari July 26, 2018

 

काठमाडौ,१० साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको सुझाव बमोजिम अध्यादेश अनुरुप आउनुपर्ने माग गर्दै २७ दिनदेखि आमरण अनशनमा बस्नुभएको प्रा. डा. गोविन्द केसीको माग आज रातिसम्म सम्बोधन नभएका नेपाल चिकित्सक संघले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले बिहीबार दिउसो एक प्रेस विज्ञप्ति जारी गरि आमरण अनसनरत डा.गोविन्द केसीको मागप्रति सरकार उदासीन रहेको भन्दै देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।

संघले केसीको आन्दोलन स्थगित नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।

Image may contain: text

नेपालका चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक सघले डा. केसीको जीवन कठिन मोडमा पुगिसकेको र कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्नेतर्फ सचेत गराउदै सरकार र डा। केसीका वार्ताकारहरुलाईई गम्भीररुपमा प्रस्तुत भै समस्याको समाधान गरी डा. केसीको जीवन रक्षा गर्न पनि आग्रह गरेको छ ।

संघका महासचिव लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै संवादका प्रत्येक पल अत्यन्तै महत्वपूर्ण र संवेदनशील बनाउँदै घनिभूत वार्ता गरी उहाँको जीवन रक्षा गर्न यस संघ नेपाल सरकार र सम्बद्ध वार्तामा सम्मिलित व्यक्तिहरुमा हार्दिक अपिल गर्दछ ।’

चिकित्सक संघले आकस्मिकबाहेकका सेवा बन्द हुँदा देशभर जटिल स्थितिको सिर्जना हुने भएकाले अझै पनि यो निर्णय कार्यान्वयन गर्ने अवस्था सिर्जना नगर्न सरकार र केसीको वार्ता टोलीलाई आग्रह पनि गरेको छ ।

Share Now

Leave a comment.