
लण्डन(संयुक्त अधिराज्य), १० साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायत भ्रमणको अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कलाई २ सय ५२ रनको लक्ष्य दिएको छ।
लड.टन क्रिकेट क्लब मैदानमा भएको खेलमा टस जितेर इष्ट लण्डन शार्कले फिल्डिड. रोजेको थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको पारी खेले। यस्तै कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले समान ६७ रन बनाए।
https://www.youtube.com/watch?v=DxrgXyKAW3I
मल्लले ४७ बल खेलेर ६ छक्का र ५ चौका प्रहार गरे भने खड्काले ३० बलमा ५ छक्का प्रहार गरे। यस्तै बिस्फोटक ब्याटिङ गरेका ऐरीले २६ बलमा ६ छक्का र ४ चौकासहित ६७ रनमा नटआउट रहे।
ओपनिङ ब्याट्समेन अनिल कुमार साह ८ रनमा आउट भएपछि खड्का र मल्लले उत्कृष्ट साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफल बनाउन सहयोग गरेका हुन्।
आरिफ शेख २ रनमा आउट भए भने रोहितकुमार पौडेल १२ रनमा नटआउट रहे।
नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनाउन सक्यो।
दोस्रो इनिड.मा शार्र्कले अहिलेसम्म १२ ओभरमा ६ विकेट गुमाएर ५२ रन जोड्न सकेको छ ।